क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसम्म पुर्‍याउन सकेमात्र लक्ष्य हासिल हुन्छ: मन्त्री पौडेल

समाधान संवाददाता २०८१ चैत ११ गते १५:१७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरुको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

Advertisement

मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ कार्यक्रको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरुमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए /नभएको पत्ता लगाउन स्क्रिनिङ गर्ने लक्ष्य रोखको उल्लेख गरे ।

स्क्रिनिङ कार्यक्रम स्थानीय तहसम्म पुर्‍याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ अभियानको रूपमा सञ्चालन गरेकोसमेत बताए । उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरुलाई एच.पी.भी खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्नसके मात्रै स्क्रिनिङ कार्यक्रम सफल हुने बताए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले महिलाको स्तन, पाठेघर तथा अर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौं महानगरपालिकाले स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया