अटो सोमा गाडी किन्नेले ३ महिना निशुल्क पोखरा इन्टरनेट पाउने

पोखरा ।
पर्यटनको राजधानी सहर पोखरामा आयोजना हुने लागेको पहिलो वाडा अटो सो (२०२५) मा सवारि किन्ने हरेक व्यक्तिले ३ महिनाको लागि निशुल्क पोखरा इन्टरनेट प्राप्त गर्ने भएका छन् ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा अटो सो चैत १४ देखि १७ गते सम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुँदै छ । उक्त सोमा आधिकारिक इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट छ ।
सोमा इन्टरनेटले निशुल्क इन्टरनेटको सेवा समेत उपलब्ध गराउने इन्टरनेटकि मार्केटिङ एसिस्टेन दीपा दुलालले जानकारी दिइन् । यो मेलाको पहिलो संस्करण भइरहेको छ, जसमा अटोमोबाइल उद्योगका प्रतिष्ठित ब्रान्डहरू, नवीनतम गाडी तथा प्रविधिहरूको प्रदर्शनी हुनेछ ।
मेलालाई थप प्रविधिमैत्री बनाउनका लागि, पोखरा इन्टरनेटले टिकट खरिद एप डाउनलोड, आगन्तुक तथा प्रदर्शकहरूका लागि उच्च गतिको इन्टरनेट, वाडा अफिस र उदघाटन समारोहका लागि समर्पित इन्टरनेट निःशुल्क उपलब्ध गराउनेछ इन्टरनेटकि मार्केटिङ एसिस्टेन दुलालले भनिन् । हामीले पनि मेलामा आफ्नो स्टल राख्नेछौँ। यदि तपाईंलाई इन्टरनेट जडानको आवश्यक छ भने, हाम्रो स्टलमा आएर जानकारी लिन सक्नुहुनेछ,’ उनले थपिन् ।
इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया