विपद् व्यवस्थापन सिकाइयो

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाले कास्की जिल्ला स्तरीय विपद् व्यवस्थापन अभिमुखीकरण आयोजना गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोग तथा रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कास्कीका ४२ उपशाखामध्ये ९२ जनाको सहभागिता थियो ।
अभिमुखीकरणमा विपद्को पूर्वतयारी, विपद् प्रतिकार्ययोजना र विपद्पछिको व्यवस्थापनको विषयमा सहजीकरण गरिएको रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् । कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका प्रशिक्षक नवराज भण्डारी र सुनिता पौडेलले विपदमा प्रयोग हुने केही शब्दावली, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया छनोट चरण र विपद व्यवस्थापन ऐन २०७४ बारे सहजीकरण गरेका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै विपद् व्यवस्थापनका लागि रेडक्रसले गरेका अभियानमा वडा कार्यालयको साथ सहयोग रहेको बताए । विपद् व्यवस्थापन, मानवीय सेवा, रक्तदान लगायतका सेवामूलक काममा हातेमालो गर्ने जानकारी दिँदै उनले विपद्को पूर्व तयारी, राहात पुनस्र्थापनाको क्षेत्रमा समेत रेडक्रससँग एक साथ अगाडि बढ्ने उल्लेख गरे ।
वडाध्यक्ष बास्तोलाले वडाका गतिविधिलाई समेटेर जिल्ला भरीका सबै उपशाखाका प्रतिनिधिलाई एकै ठाउँमा भेला गर्ने अवसर दिएकोमा आभार प्रकट गरे । रेडक्रस सोसाइटी कास्की उपसभापति खड्काले रेडक्रसले जोखिमका हिसाबले संकटासन्न समुदायको अपनत्व र प्रत्यक्ष सहभागितामा विपद् व्यवस्थापनको गतिविधि सञ्चालन गरेको जानकारी दिइन् ।
रेडक्रस सोसाइटी कास्कीका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपानेले हरेक उपशाखाका पदाधिकारी तथा सदस्यले घटना स्थलमा पुगेर विपद् व्यवस्थापनको क्षेत्रमा राहात उद्दारको काम गरेकोमा आभार प्रकट गरिन् ।
रेडक्रस कास्की कोषाध्यक्ष सन्तोष अधिकारीले जिल्ला शाखाका अलावा विभिन्न उपशाखाले विपद् व्यवस्थापन कोष खडा गरेर राहात उद्वारको क्षेत्रमा काम भएको जानकारी दिए । उनले विपद्को पूर्वतयारी, विपद् व्यवस्थापन र विपद्पछिको राहात उद्वारमा स्वयंसेवक परिचालन गर्ने खालको कार्यक्रम रेडक्रसले ल्याएको बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्त, पोखरा १ उपशाखाका सभापति जीवन अधिकारीले विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम अत्यन्तै फलदायी भएको चर्चा गरे । कार्यक्रममा सेवा समाजबाट ३ थान स्टेचर ग्रामीण क्षेत्रका उपशाखालाई हस्तान्तरण गरिएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया