मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकी नागरिकलाई अपहरण गर्ने महिला पक्राउ

पोखरा । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–७ की ३७ वर्षीया सरीता लामा हुन्। पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकी महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट उद्धार गरेको छ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार मार्च २४ गते अमेरिकी महिला अपहरणमा परेकी थिइन्।
ती महिलालाई हेटौंडा पुर्याएर लामाले ३ लाख रुपैयाँ युरो मागेकी थिइन्। अमेरिकी दूतावासले उक्त सूचना दिएपछि कास्की प्रहरी, मकवानपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा जुटेको थियो।
मंगलबार दूतावासले प्रहरीलाई खबर गरेको थियो। जिसीका अनुसार लामाले महिलालाई होटलबाट सोमबार अपहरण गरेकी थिइन्। महिला साथीहरूसँग मुक्तिनाथ घुम्न आएकी थिइन्।
‘पीडितलाई बन्धक बनाएर फिरौती रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले फेला पारेर मुक्त गरी अपहरणमा संलग्नलाई पक्राउ गरेको हो,’ जिसीले भने।
अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट बुधबार अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया