८ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

डुम्रे ।
तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।
पम्पसहितको पानी ट्याङ्की निर्माण
डिभिजन वन कार्यालयले आगलागीका बेला प्रयोग गर्न रु तीन लाख ८५ हजार लागतमा चार हजार दुई सय लिटर क्षमताको पम्पसहितको पानी ट्याङ्की निर्माण गरेको छ ।
सुक्खायाममा आगलागीका घटना हुने भएकाले पूर्वतयारीस्वरुप पानी ट्याङ्कीको व्यवस्था गरिएको वन अधिकृत शरद्कुमार अधिकारीले बताए ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया