लागुऔषध रोकथाम गर्न प्रशिक्षण

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले कार्यसमितिका सदस्य, सहयोग उपसमिति, टोल विकास संस्था, आमा समूहलाई लक्षित गरी लागुऔषध रोकथाम तथा नियन्त्रणको लागि अभियान चलाएको छ ।
सोही अभियान अन्तर्गत सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीसँगको सहकार्यमा लागुऔषधसम्बन्धी प्रशिक्षण गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध निस्तेज अभियानसम्बन्धी टोल टोलमा प्रहरी अभियानको क्रममा कार्यक्रम गरेको सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका इञ्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले लागुऔषधको अवैध ओसारपसार, सेवन तथा कारोबारले समुदायमा परेको असरका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सेवा केन्द्रका पदाधिकारी, कार्यसमितिका सदस्य, सहयोग उपसमितिका सदस्य, कार्यरत प्रहरी कर्मचारीका अलवा पोखरा महानगरपालिका वडा नम्बर ७, ८ र ९ का टोल विकास संस्था, आमा समूहका पदाधिकारी र सदस्यको सहभागिता थियो ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया