भलाम लेखनाथ समाजमा पदम

समाधान संवाददाता २०८१ चैत १३ गते १६:३८

लेखनाथ ।
कास्कीको भलामबाट लेखनाथमा आई बसोबास गर्नेहरुको साझा संस्था भलाम लेखनाथ सम्पर्क समाजको बुधबार भएको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले पदमप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement


दोस्रो स्थापना दिवसको अवसरमा भएको दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा कर्णबहादुर सुनार र सत्यदेवी पौडेल, सचिव खेमराज बास्तोला, सहसचिव कृष्णप्रसाद बास्तोला र कोषाध्यक्षमा उदयबहादुर बस्नेत छन् । सदस्यमा आइबहादुर सुनार, युवराज अधिकारी, तीर्थराज पौडेल र सीता सुनार छन् ।


सोही भेलाले समितिको सल्लाहकार संयोजकमा सोमनाथ बस्तोला र सदस्यमा रामबहादुर नेपाली, पुष्पराज भण्डारी, देवीराम भण्डारी र लक्ष्मण बास्तोलालाई चयन गरेको छ । समाजका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी रामबहादुर नेपालीले थातथलो परिवर्तन भए पनि आत्मीयता र सहकार्य उस्तै रहनुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया