पहिलोपटक एल्युमिनियम रड उत्पादन सुरु

पोखरा ।
नेपालमा पहिलो पटक एल्युमिनियम रड उत्पादन सुरु भएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो ‘लिट्मस २.०’ अभियानअन्तर्गत नवलपरासीको रामग्राम हकुईमा अत्याधुनिक प्रविधियुक्त एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । चैत १३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले उद्योगको उद्घाटन गरेका हुन् । नेपालमा तार, केबल र कन्डक्टर निर्माणका लागि आवश्यक एल्युमिनियम रड हालसम्म आयात गर्नुपर्ने बाध्यता थियो । नयाँ उद्योगको सञ्चालनले यसमा आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
लिट्मस इन्डस्ट्रिजका अनुसार यस उद्योगको स्थापनाले उच्च गुणस्तरको एल्युमिनियम रड उत्पादन गर्दै देशको औद्योगिक विकासलाई गति दिनेछ । व्यापार घाटा घटाउनुका साथै सरकारी राजस्व बचतमा समेत योगदान पुग्नेछ । उद्योग सञ्चालनसँगै उत्पादन, ढुवानी, बिक्री तथा अन्य क्षेत्रहरूमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुनेछ। साथै, लिट्मस इन्डस्ट्रिजले प्राविधिक तालिम तथा दक्ष जनशक्ति विकासका कार्यक्रमहरू सञ्चालन गर्दै दीर्घकालीन औद्योगिक वृद्धिलाई बल दिने योजना बनाएको छ । उद्योग स्थापनासँगै देशभित्रै कच्चा पदार्थमा मूल्य अभिवृद्धि गर्न सकिने भएकाले यो आत्मनिर्भर औद्योगिक विकासतर्फको महत्वपूर्ण पाइला हुनेछ । यसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुका साथै आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल र कन्डक्टर उत्पादक कम्पनी हो । यस कम्पनीले सुरक्षा, नवीनता र भरपर्दोपनका उच्च मापदण्डलाई कायम गर्दै देशको पूर्वाधार विकासमा योगदान पु¥याउँदै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय स्तरका विद्युत समाधानहरू प्रदान गर्दै समुदाय र उद्योगबीच विश्वासको सम्बन्ध निर्माण गरेको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडको नयाँ उद्योग सञ्चालनसँगै नेपालमा एल्युमिनियम रड उत्पादनको नयाँ युग सुरु भएको छ। उद्योगको स्थापनाले नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया