शनिबार रक्तदान हुने
समाधान संवाददाता
२०८१ चैत १४ गते ११:११

पोखरा ।
रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यही शनिबार हुने रक्तदानको तयारी पूरा भएको छ । रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नका लागि निरन्तर कार्यक्रम आयोजना गरिदै आएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए ।
रक्तदान धेरै सहभागिता जुटाउन विभिन्न समिति गठन गरी काम भएको कार्यक्रमका संयोजक आरजु बिष्ट सल्यानीले बताए । रेडियोले २०५८ देखि बर्सेनि रक्तदान आयोजना गर्दै आएको छ । अन्नपूर्णको रक्तदानमा हालसम्म ७ हजार ७ सय ३ युनिट रगत संकलन भइसकेको प्रचारप्रसार संयोजक राजाराम पौडेलले जनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया