सहकारी दिवसमा साताव्यापी कार्यक्रम

पोखरा ।
जिल्ला सहकारी संघ कास्कीले ६८ औं राष्ट्रिय सहकारी दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ । संघले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी ‘मर्यादित सहकारीः समुन्नत समाज’ नाराका साथमा यो वर्षको सहकारी दिवस मनाउने जानकारी दिएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार पत्रकारलाई जानकारी दिने कार्यक्रम राखेको जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपकराज बास्तोलालले जानकारी दिए । चैत १५ गते बुद्धिचाल प्रतियोगिता, १६ गते निबन्धसँगै बुद्धिचाल, १७ गते साइकल र्याली, १८ गते रक्तदान, १९ गते सरसफाइ र अन्तरक्रिया कार्यक्रम गरिने संघका महासचिव दीपकप्रकाश आचार्यले जानकारी दिए ।
मुख्य दिन चैत २० गते पोखराको मानवअधिकार चोकबाट प्रभातफेरी गरी पोखरा सभागृहमा समापन गरी सहकारीको उत्पादनको प्रदर्शनी र साँझमा दीपावली गर्ने कार्यक्रम राखिएको छ । जिल्ला सहकारी संघ कास्कीमा ४ सय ४१ सहकारी आवद्ध छन् ।
महासचिव आचार्यले तीमध्ये ४ वटा सहकारी समस्याग्रस्त रहेको उनले सुनाए । ती सहकारीका सदस्यहरुको न्यायका लागि पहलकदमी गरिरहेको उनको भनाइ छ । कारवाहीको अधिकार आफूहरुको नभएकाले सहकारी पीडितहरुसँग संघ सधै साथमै रहेको उनले जनाए ।
कार्यक्रम गर्नका लागि दीपकराज बास्तोलाको संयोजकत्वम १३ उपसमिति गठन गरिएको छ । जसमा अन्तरक्रिया कार्यक्रमको संयोजक सावित्री कोइराला, मञ्च व्यवस्थापनमा छविलाल लामिछाने, रक्तदानमा अम्बिका गौतम, प्रचारप्रसारमा दीपकराज आचार्य, अर्थ संकलनमा भोजराज घिमिरे, र्याली व्यवस्थापनामा विना लोहनी, बुद्धिचाल प्रतियोगितामा शेरबहादुर कार्की, स्टलमा आनन्द सुवेदी, साइकल र्यालीमा धनराज पुरी, सरसफाइमा सविना अधिकारी क्षेत्री, अनुगमन निरीक्षण मुल्यांकनमा नरेश पाण्डे र निबन्ध प्रतियोगितामा डिल्लीराम बराल संयोजक छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया