टिसिएल टप १ श्रेणीमा

पोखरा ।
टिसीएल इलेक्ट्रोनिक्सले बजार अनुसन्धान कम्पनी ओम्डियाबाट तीन वटा ग्लोबल टप १ र्याङ्किङ प्राप्त गरेको छ । यसले कम्पनीले अल्ट्रा लार्ज टिभी, मिनी एलईडी टिभी र गुगल टिभी क्षेत्रमा अग्रणी भूमिका कायम राखेको देखाउँछ ।
ओम्डियाको तथ्यांक अनुसार टिसीएलले २०२४ मा ८५ इन्च र त्योभन्दा ठूलो आकारका टिभीको विश्वव्यापी सिप्मेन्टमा २२.१५ बजारसहित प्रथम स्थान हात पारेको छ । मिनी एलइडी टिभी सिप्मेन्टमा २८.८५ सहभागिता र गुगल टिभीमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान कायम गर्न सफल भएको छ ।
यो उपलब्धिले केही वर्षदेखि ठूलो पर्दा र मिनी एलईडी टिभीप्रतिको बढ्दो मागसँग मेल खाएको छ । धेरै परिवारले आफ्नो मनोरञ्जन अनुभवलाई उच्चस्तरमा र्पुयाउन ठूलो र स्पष्ट टिभी चयन गरिरहेका छन् । ८० इन्च र त्योभन्दा ठूला टिभीको वार्षिक सिप्मेन्ट २०२५ मा ३५.५ प्रतिशतले वृद्धि हुनेछ । जसले डिस्प्ले बजारको ७५ ओगट्नेछ ।
मिनी एलईडी टिभी सिप्मेन्ट २०२५ मा ९३ लाख युनिट पुग्नेछ, जसले प्रिमियम डिस्प्ले प्रविधिप्रति उपभोक्ताको रुचि देखाउँछ । टिसीएलले मिनी एलइडी प्रविधि युक्त अल्ट्रालार्ज टिभीको पोर्टफोलियो विस्तार गरिरहेको छ । यस क्षेत्रमा अग्रणी रहेको टिसीएलले २०१९ मा विश्वको पहिलो मिनी एलईडी टिभी सुरु गरेर यसको बृहत् उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो ।
गुगल जस्ता साझेदारसँगको सहकार्यले पनि टिसिएलको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ । गुगल टिभीको स्मार्ट सुविधाहरूलाई आफ्नो उन्नत डिस्प्लेसँग एकीकृत गरेर टिसीएलले विश्वभरका उपभोक्ताहरूलाई स्मार्ट र स्वस्थ जीवनशैली प्रदान गरिरहेको छ ।
टिसीएल इलेक्ट्रोनिक्स विश्वको अग्रणी टिभी उद्योग र उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड हो , टिसीएल अहिले १ सय ६० भन्दा बढी देशमा सञ्चालनमा छ । कम्पनी टिभी, अडियो, घरेलु उपकरण, मोबाइल उपकरण, स्मार्ट ग्लास, र कमर्सियल डिस्प्ले जस्ता उत्पादनको अनुसन्धान, विकास र निर्माणमा सहभागी छ । नेपालमा टिसिएलका सामानको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको इएओल प्रालि हो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया