तीनकुनेमा झडप, प्रहरी र प्रदर्शनकारी घाइते

पोखरा ।
राजधानीको तीनकुने क्षेत्र शुक्रबार तनावग्रस्त बनेको छ । वर्तमान व्यवस्थाको विरोधमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ । दुई पक्षीय झडपको क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवै घाइते भएका छन् ।
झडपकै बीच तीनकुनेस्थित एक घरमा आगलागी भएको छ । आगलागी कसरी सुरु भयो भन्ने अझै स्पष्ट नभए पनि स्थानीयहरू त्रासित बनेका छन् । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेका छन् भने पानीको फोहोराले तितरबितर पार्ने प्रयास गरेका छन् ।
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । उनलाई तत्काल उपचारका लागि कान्तिपुर अस्पताल लगिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार घाइतेको कम्मरमा गोली लागेको छ ।
यसैबीच, प्रदर्शनको क्रममा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीको आक्रमणबाट उनी घाइते भएको सुरक्षाकर्मी स्रोतले जनाएको छ ।
राजावादी समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति झन् बिग्रिएको हो । हाल स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरिएको छ भने क्षेत्र तनावग्रस्त बनेको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया