पोखरा आइपुग्यो क्रेटा इभी

पोखरा ।
नेपाली बजारमा हालै सार्वजनिक भएको हुन्डाई क्रेटा इभी र ‘मेड इन नेपाल’ क्रेटा पोखरामा पनि सार्वजनिक गरिएको छ । । पोखरामा जारी ‘वाडा अटो सो’को पहिलो दिन बिहीबार यी गाडी सार्वजनिक गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठ लगायतले गाडी सार्वजनिक गरेका हुन् । नेपाली बजारमा केही समययता प्रतीक्षा गरिँदै आएको क्रेटा इभीका चार भेरियन्ट नेपालमा उपलब्ध छन् । एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट (ओ) को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार निर्धारण गरिएको छ ।
मिडसाइज एसयुभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयुभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयुभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दाबी छ । नेपाली बजारमा पहिलेदेखि नै आइसिई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय छ ।
हुन्डाईका अन्य इभीसमेत चर्चित बनिरहेको समयमा क्रेटा इभीसमेत धेरैले मन पराउने अपेक्षा गरिएको छ । हुन्डाई क्रेटा इभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध छ । ४२ किलोवाट ब्याट्रीले ३ सय ९० किलोमिटर रेन्ज प्रदान गर्छ । ब्याट्री सिसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेटमात्र लाग्ने बताइएको छ ।
यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि शत प्रतिशतसम्म चार्ज गर्न ४ घन्टा लाग्छ । क्रेटा इभीको डिजाइन धेरै हदसम्म यसको आइसिआई मोडेलसँग मिल्दोजुल्दो छ । यसको अगाडि एल आकारको कनेक्टेड एलइडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलइडी हेडलाइट समावेश गरिएको छ ।
यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ । क्रेटा इभीका लागि १७ इन्चको एरोडायनामिक अलोय ह्विल विशेष रूपमा डिजाइन गरिएको छ । हुन्डाई क्रेटा इभीको इन्टेरियर डिजाइन यसको आइसिई संस्करण जस्तै देखिए तापनि यसमा केही आधुनिक फिचर थपिएको छ । यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ ।
भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ । सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम, टायर प्रेशर मनिटरिङ कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर छन् ।
क्रेटा अब नेपालमै एसेम्बल
हुन्डाईले नेपाली बजारमा पहिलेदेखि नै लोकप्रिय रहेको एसयुभी क्रेटा अब नेपालमै एसेम्बल गर्न थालेको छ । यसको मूल्य पनि पहिले उपलब्ध क्रेटाको तुलनामा ९ लाख रुपैयाँसम्म कम तोकिएको छ ।
हुन्डाइको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात गरेर सन् २०२५ मोडलको क्रेटा बिक्री गर्दै आएको थियो । हुन्डाई क्रेटाका विभिन्न भेरिएन्टको मूल्य ५७ लाख ९६ हजार देखि ८७ लाख ९६ हजार रुपैयाँसम्म छ ।
अब मेड इन नेपाल हुन्डाई क्रेटाको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य क्रमशः ५३ लाख ९६ हजार, ६३ लाख ९६ हजार, ६६ लाख ९६ हजार, ६७ लाख ९६ हजार र ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा हाल १० हजार युनिटभन्दा बढी हुन्डाई क्रेटा प्रयोगमा रहेको कम्पनीको दाबी छ ।
नेपालमा पहिलो पटक सन् २०१५ मा भित्रिएको हुन्डाई क्रेटा एक आकर्षक एसयुभीको रुपमा परिचित छ । एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयुभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयुभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।
तपाईको प्रतिक्रिया