जल्धारेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

समाधान संवाददाता २०८१ चैत १५ गते १८:५७
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ को जल्धारेमा शनिबार निशुल्क आयुर्वेद तथा वैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविर भएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना, पोखरा महानगरपालिका वडा नम्बर २६ को समन्वय तथा गण्डकी आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो ।

Advertisement

कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले स्वस्थ जीवन बाच्नका लागि बेला बेलामा स्वाथ्य परीक्षण र जीवनशैलीमा ध्यान दिनुपर्ने बताए । उनले पोखरा २६ ले यसैलाई मध्यनजर गर्दै वडामा भएका ज्येष्ठ नागरिक लक्षित शिवर आयोजना गरेको जनाए ।

जल्धारेको अमरज्योति गाउँ फर्क विद्यालयमा भएको कार्यक्रममा ३ सय जनाले स्वास्थ्य लाभ लिएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, जल्धारे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र अध्यक्ष मनोहरि ढुंगाना, नमुना महिला समूहकी सहसचिव कल्पना लामिछाने ढुंगाना, जल्धारे टोल विकास संस्थाका अध्यक्ष महेन्द्र ढुंगाना र पोखरा महानगर स्वास्थ्य महाशाखाकी कर्मचारी सरिता अधिकारी देवकोटाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया