पोखरामा ज्यान मार्ने उद्योग मुद्दामा ४ जना पक्राउ

समाधान संवाददाता २०८१ चैत १५ गते १९:४५

पोखरा । होली पर्वको समयमा पोखराको लेकसाइडस्थित फुट ट्रयाकमा एक युवकलाई गम्भीर घाइते बनाइ फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

होली खेल्ने क्रममा युवाहरुको अपरिचित समूहले स्याड्जाका विधान कोइरालालाई पछाडिबाट आक्रमण गरी सख्त घायते बनाएको थियो । चक्कुले पिठ्युँमा रोपेर हेल्मेट र लात्तीले हानेर सख्त घाइत भएका विधानलाई तत्कालै उनका साथीहरुले मेट्रोसिटी अस्पताल लगेका थिए । त्यसपछि उनलाई मनिपाल लगिएको थियो । मनिपालबाट अहिले उनलाई बाँसवारीस्थित न्युरो अस्पताल लगिएको छ ।

विधानको स्वास्थ्य अवस्था खतरामुक्त रहे पनि चक्कुको गहिरो चोटका कारण नसामा समस्या आएको छ । जसका कारण गोडामा चेत नभएको चिकित्सकहरुले बताएका छन् ।

Advertisement

वडा प्रहरी कार्यालय बैदाम, कास्कीले प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदा, घटनामा संलग्न रहेको आशंकामा पोखरा महानगरपालिका–१५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, २१ वर्षीय ईरान (प्रीतम) गुरुङ, र २० वर्षीय महेश गुरुङलाई फागुन १३ गते पक्राउ गरिएको थियो। उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

यस्तै, घटनामा संलग्न रही खुकुरी प्रहार गरी फरार रहेका चितवन स्थायी घर भई हाल पोखरा–१५ बस्ने १९ वर्षीय अरबिन परियारलाई फागुन १५ गते पक्राउ गरिएको छ। कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

सिसी क्यामेरको फुटेजको सहायताले ती युवाहरुको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया