तीर्थ गुरुङको उपन्यास हिउँको गीत काठमाडौंमा विमोचन

काठमाडौं ।
पोखराका साहित्यकार तीर्थ गुरुङको नयाँ उपन्यास ‘हिँउको गीत’को काठमाडौंमा विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा शनिबार उक्त कृति विमोचन गरिएको हो ।
विमोचनमा लेखक सुविन भट्टराई, बिना थिङ र समाजशास्त्री डा। गणेश गुरुङले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै सुविनले गुरुङको औपन्यासिक पुस्तकमाथि फिल्म बनाए अद्भूत हुने बताए । बिना थिङ तामाङले उक्त पुस्तक सबाल्र्टन लिटरेचर रहेको बताइन् । गणेश गुरुङले कृतिलाई गुरुङ इतिहासको यथार्थ चित्रणका रुपमा व्याख्या गरे ।
कार्यक्रम लेखक गुरुङ सुशान्तले चलाएका थिए भने लेखक परिचय अर्का लेखक भूपिनले दिएका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, लेखकहरू कुमार नगरकोटी, नारायण ढकाल, पत्रकार एवं लेखक यज्ञश तथा वरिष्ठ रंगकर्मी अनुप बराल लगायत सहभागी रहे । गुरुङको कृति सांग्रिला बुक्सले बजारमा ल्याएको हो । ४२७ पृष्ठको उपन्यासको हार्डकभर मूल्य १ हजार ९५ रुपैयाँ छ ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया