एथरको ४५० स्कुटर नेपाली बजारमा

पोखरा । नेपाली बजारमा भारतीय विद्युतीय स्कुटर एथरको नयाँ ब्रान्ड भित्रिएको छ । वैद्य अर्गनाइजेसनले आइतबार २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी २ ब्याट्री विकल्पमा एथर ४५० मोडल स्कुटर सार्वजनिक गरेको हो ।
विद्युतीय स्कुटरमा ब्याट्रीको समस्या देखिने भएकाले एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीमा केही समस्या देखिएमा नयाँ ब्याट्री उपलब्ध गराउने बताइएको छ । एथर स्कुटरमा गुगल म्याप, मल्टी–स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल लगायतका फिचर रहेका छन् । दुर्घटना, टुटफुट, पन्चर अथवा चार्ज सकिएको समयमा समेत भारतमा एथरले सातै दिन चौबीसै घण्टाको इमर्जेन्सी सहायता दिने प्रतिवद्धता समेत जनाएको छ ।
अथरको पोखरामा आधिकारिक विक्रेता अटोवेज प्रालिले पोखरामा आइतबार यसको बिक्री सुरुआत गरिने अटोवेजकी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले बताइन् । उनले भनिन्, ‘आज काठमाडौंमा यसको आधिकारिक सुरुआत भएको छ । पोखरामा यसको बिक्री आइतबार देखि हुनेछ ।’ अथरले नयाँ स्कुटर रिज्ता पनि छिट्टै बजारमा ल्याउने जानकारी दिएको छ ।
पछिल्लो समय धेरैले रुचाएको एथरले पछिल्लो जीवनशैलीलाई बुझेर इलेक्ट्रोनिक स्कुटर बनेको उनको भनाइ छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै चाउथेमा सर्भिस सेन्टर स्थापना भइरहेको निर्देशक पौडेलले जानकारी दिइन् ।
एथर अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । एथरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जी हो । झम्सिखेलको सोरूमलगत्तै पोखरामा पनि एथरको सोरूम (एक्सपेरियन्स सेन्टर) सञ्चालनमा ल्याइएको निर्देशक पौडेलले बताइन् । सोरूमसँगै फास्ट चार्जिङसमेत यहाँ राखिएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया