लायन्स क्लब अफ लेखनाथमा लामिछाने

लेखनाथ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको वर्ष २०२५/२६ का लागि अध्यक्ष पदमा बोधराज लामिछाने चयन भएका छन् ।
क्लबको २७औँ चार्टर नाइटबाट आगामी कार्यकालका लागि प्रथम उपाध्यक्षमा डम्बर बल्लभ चापागाईं, द्वितीय उपाध्यक्षमा चिरञ्जीवी तिवारी र तृतीय उपाध्यक्षमा महेन्द्र सिग्देल निर्वाचित भएका छन् भने केदार लामिछाने सचिवमा र विष्णु सुनारलाई कोषाध्यक्षमा मनोनीत गरिएको छ ।
यसैगरी, क्लब प्रशासकमा भुवन श्रेष्ठ, सहसचिवमा ओमप्रकाश पौडेल, सहकोषाध्यक्षमा रविलाल सुवेदी, एलसीआईएफ चिफमा सुन्दर ढकाल, मेम्बरसिप चियरपर्सनमा डा. प्रकाश भट्टराई, पीआरओमा डा. विकास गौचन, सर्भिस चियरपर्सनमा सूर्यप्रसाद तिवारी, मार्केटिङ चियरपर्सनमा शिवप्रसाद वास्तोला, ध्रुव न्यौपाने, प्रमोद पौडेल, धु्रव तिवारी र विनोद पौडेल चयन भएका छन् ।
नवनिर्वाचित टोलीलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले आगामी वर्ष २०२५÷२६ का लागि नयाँ योजनाका साथ लायन्स अभियानलाई ग्रामीण तहसम्म पुर्याउन अनुरोध गर्दै लायन्सले गरेका सकारात्मक काम र समाजमा लायन्सको आवश्यकताबारे जानकारी गराउनुपर्ने धारणा राखे ।
लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा भीडीजी शैलेन्द्रमोहन भट्टराई, आइपीडीजी चन्द्रकुमार केसी, लायन्स क्लब अफ लेखनाथका संस्थापक अध्यक्ष चतुराखर अधिकारी, पूर्वअध्यक्ष शंकरप्रसाद पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ लोटसका अध्यक्ष पुष्पमणि भण्डारी र लायन्स क्लब अफ लेखनाथ स्टारका अध्यक्ष सत्यराज सापकोटालाई नयाँ क्लबको रूपमा चार्टर हस्तान्तरण गरिएको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया