पोखरामा पटाका आतसबाजी रोक्न माग

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई पटाका आतसबाजी रोक्का गर्न ध्यानाकर्षण पत्र बुझाइएको छ । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको संयुक्त पहलमा पटाका आतसबाजीले कानुनी तथा सामाजिक मर्यादामा खलल पु¥याउने भन्दै ध्यानकर्षण पत्र बुझाइएको छ ।
विज्ञप्तिमा पटाका आतसबाजी रोक्का गर्न माग गरिएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान नरेन्द्रमान लालचनद्वारा संयुक्त रूपमा विज्ञप्ति बुझाएर आतासबाजी रोक्न माग गरिएको हो ।

ध्यानाकर्षण पत्रमा पोखरामा सञ्चालन हुने विभिन्न मेला महोत्सवका नाममा कानुन विपरीत पटाका आतसबाजी हुने गरेको तथा यसले वातावरण प्रदूषण र जनधनको क्षति निम्त्याउने भन्दै तत्काल रोक्का गर्न आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा पटाकाजन्य पदार्थका कारण हाइड्रोजन ग्यासले भरिएको बेलुन विस्फोट भई नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएको घटनाको स्मरण गराइएको छ । यस घटनाले पटाका आतसबाजीको खतरालाई पुष्टि गर्ने भन्दै रोक्का गर्नुपर्ने माग गरिएको हो ।
उच्च अदालत पोखराले २०७५ सालमा गरेको फैसलालाई आधार मानेर स्थानीय सरकारले सम्बन्धित विज्ञ, स्थानीय प्रशासन, नागरिक समाज, वातावरणविद् तथा पर्यटन व्यवसायीहरूसँग छलफल गरी मापदण्ड तय नगरेसम्म पटाका आतसबाजी गर्न नपाइने आदेश रहेको जनाइएको छ । त्यसैले कानुनी मापदण्डबिना पटाका आतसबाजी गर्नु गैरकानुनी तथा दण्डनीय हुने उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा मेयर आचार्यलाई फिर्के÷फेवाताल संरक्षण, पृथ्वीचोकमा बसपार्क निर्माण, अत्याधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण प्रक्रिया तत्काल सुरु गर्न र खपौंदी तथा सेदी क्षेत्रमा फेवातालको ६५ मिटर मापदण्ड विपरीत निर्माणाधीन संरचना रोक्न आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया