नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया

समाधान संवाददाता २०८१ चैत १६ गते २१:३७

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “वर्तमान समयमा श्रमिकका चुनौती” विषयक “ अन्तरकिया कार्यक्रम शनिबार माछापुच्छे गापा -६ अस्ताममा भएको छ ।

Advertisement

नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समीति अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डा. ईश्वर शर्मा कँडेल, वरिष्ठ बाल रोग विशेषज्ञ सह-प्राध्यापक डा शंकर पौडेल र संगठन व्यवस्थापन एवम् परिचालन प्रमुख हरिबहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए । अध्यक्ष कार्कीले श्रमिकका समस्या समाधान गर्न युनियन सधै तत्पर रहेको भन्दै संस्थाको प्रगति र विकासमा सधै इमान्दार एंवम् उतरदायी भएर कार्य क्षेत्रमा लाग्न आग्रह गरे ।

कायक्रममा कोषाध्याक्ष अमृत पौडेलले युनियनको वित्तीय विवरणबारे प्रकाश पारेका थिए । युनियनमा विशेष योगदान गर्ने किशान परियार र सूर्यबहादुर कार्कीलाई उक्त अवसरमा सम्मान गरिएको थियो।कार्यकमा स्वास्थ्यकर्मी र चिकित्सकको उपस्थिति थियो । यस्तो कार्यक्रमबाट व्यवस्थापन र श्रमिकबिच सुमधुर सम्बन्ध स्थापित हुनेमा जोड दिँदै स्वागत मन्तव्य डा शंकर पाैडल र कार्यक्रम सञ्चालन सचिव राजन पोख्रेलले गरेका थिए।

तपाईको प्रतिक्रिया