नेपाली लेखक संघ अध्यक्षमा वियोगी बुढाथोकी

समाधान संवाददाता २०८१ चैत १७ गते १०:१०

पोखरा । नेपाली लेखक संघको अध्यक्ष पदमा वियोगी बुढाथोकी विजयी भएका छन् ।

Advertisement

शनिबार लुम्बिनीमा सुरु भएको अधिवेशनले बुढाथोकीको नेतृत्वमा समिति निर्वाचित गरेको हो । निर्वाचनमा बुढाथोकीले १ सय १५ मत प्राप्त गरी विजयी भएका छन् । अर्का प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गरे।

संघको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी डा शैलेन्दुप्रकाश नेपालले ६९ मत प्राप्त गरे । महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गरे ।

संघको आठौँ राष्ट्रिय अधिवेशनमा ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ६ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उनीहरू स्वतः निर्विरोध निर्वाचित भए ।

संघको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा विष्णु केसी र डा शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुंगाना, डा लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित भएका निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताए । निर्वाचनमा १८२ जनामध्ये १७६ जनाले मतदान गरेका थिए ।

Advertisement

सदस्यहरुमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत सुदर्शन आचार्य दिवाकर घिमिरे, विमल बैद्य अमृत क्षेत्री, हरिप्रसाद चालिसे, मोहव वाग्ले र रामचन्द्र घिमिरे चयन भएका छन् ।

त्यसैगरी कोसी प्रदेशबाट जेबी खत्री, वागमतीबाट भगवती खनाल, गण्डकी बाट डा गणेशप्रसाद शर्मा, लुम्बिनीबाट लिलाधर पाण्डेय, कर्णालीबाट कमला केसी र सुदुरपश्चिमबाट प्रा भोजराज जोशी निर्विरोध भए ।

संघको महिला सदस्यमा राधिका गुरागाई, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला र सन्जाकुमारी दनुवार चयन भएका छन् । दलित सदस्यमा गणेशबहादुर नेपाली, आदिवासी जनजाती सदस्यमा मनु योङहाङ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै द्रोपती डाँगा सदस्यमा चयन भएका छन् ।

अधिवेशनको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवाले गरेका थिए । यसअघि पोखरामा भएको सातौं महाधिवेशनबाट पोखराका अग्रज साहित्यका तीर्थ श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका थिए ।

तपाईको प्रतिक्रिया