‘विविधताबीचको एकताले राष्ट्रियता सबल’

गण्डकी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको बताएका छन् । इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद (ईद उल फित्र) पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुग्नुका साथै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्पलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘पवित्र रमजान महिनाको एक महिने व्रत समापनपछि मनाइने ईद उल फित्रको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सुन्दर रहेको जनाउँदै उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्व रहेको बताएका छन् ।
उनले यस पर्वले सबै नेपालीलाई आपसी सद्भाव, दिगो शान्ति एवं भाइचारा अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया