पोखरामा स्कुटर चोरी गर्ने ८ जना पक्राउ

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ जना बालक र २० वर्षीय दिनेश गुरुङ छन्।
प्रहरीका अनुसार चैत १३ गते राति पोखरा महानगरपालिका-२० भलामस्थित घर अगाडि पार्किङ गरिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
चैत १६ गते पोखरा-१६ लामाचौरस्थित माथिल्लो दीप क्षेत्रमा शंकास्पद अवस्थामा ग ८ प ५४२९ नम्बरको स्कुटर चलाइरहेका दुई जना बालक फेला परेका कास्की प्रहरीले बताएको छ । सोधपुछपछि उनीहरुले स्कुटर चैत १४ गते राति हल्लनचोकबाट चोरी गरेको स्वीकारेकाे प्रहरीकाे भनाइ छ ।
उनीहरुले पुराना मोडलका स्कुटर चोरी गरी केही दिन चलाएर अन्यत्र छोड्ने गरेको तथ्य खुलेको प्रहरीले बताएकाे छ । थप अनुसन्धानका क्रममा विभिन्न स्थानबाट १० वटा चोरी भएका स्कुटर फेला पारिएको प्रहरीले जनाएको छ। गाेरखाका दिनेश गुरुङ पोखरा-१६ दीपमा बस्दै आएका थिए।
स्कुटर जलाउने ५ जना पक्राउ
दिनेश गुरुङ सहित ५ जनाले भलामबाट चोरी भएको स्कुटर नागथान क्षेत्रमा लगी चलाएका थिए। तीन दिनपछि स्कुटर पुनः चलाएर लैजाँदै गर्दा डाँडा कटेरीमा पुग्दा बिग्रिएपछि ट्यांकीमा आगजनी गरेको खुल्न आएको छ।
पक्राउ परेका आठै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया