पोखरामा पहिलो नियमित अन्तर्राष्ट्रिय उडान
समाधान संवाददाता
२०८१ चैत १७ गते १७:३२

पोखरा ।
चीनको ल्हासाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । सोमबार ल्हासाबाट हिमालय एयरलायन्सले नियमित उडान गरेको हो । ल्हासाबाट १०७ यात्रु बोके जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् ।
उनीहरूलाई पर्यटन राज्य मन्त्री अरुण चौधरी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ र मेयर धनराज आचार्यले स्वागत गरेका थिए । ल्हासा–पोखरा रुटमा सातामा एक नियमित उडान गर्ने कार्यतालिका छ । हिमालय एयरलायन्स पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो वायु सेवा कम्पनी बनेको हो । चार्टर उडान भर्नेमा पनि हिमालयन एयरलायन्स पहिलो बनेको थियो । उक्त जहाज सोमबार पोखरा बसेर मंगलबार बिहान पुनः ल्हासाका लागि उड्नेछ ।
सम्बन्धित








पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया