गणतन्त्रको पक्षमा एमालेको मोटरसाइकल र्याली

पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले गणतन्त्रको पक्षमा जागरण अभियान २०८१ अन्तर्गत सोमबार बृहत मोटरसाइकल र्याली निकालेको छ । देशव्यापी अभियान अन्तर्गत पोखराको प्रर्दशनी केन्द्रमा भेला भएर मोटरसाइकल र्याली सुरु भएको हो । मोटरसाइकल र्यालीले पोखराको विभिन्न भागको परिक्रमा गरेको एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
एमालेको मोटरसाइकल र्याली पृथ्वीचोक, मुस्ताङचोक, बिरौटा, राष्ट्रबैंकचोक शहिदचोक, लेकसाइड, हल्लनचोक, जिरोकिमी, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, भैरवटोल, विन्ध्यवासिनी, ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस गेट, नदिपुर, महेन्द्रपुल रानीपौवा, हस्पिटलचोकहुँदै अमरसिहंचोकमा पुगेर सभामा परिणत भएको छ ।
एमालेले देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा गणतन्त्रका पक्षमा जागरण सभा तथा मोटरसाइकल ¥यालीको निकालेको छ । गणतन्त्रको पक्षमा जागरण अभियान अन्तर्गत एमालेले कास्कीका ७२ वटै वडामा जागरण कार्यक्रम गरेको छ । नेपाल बुद्धिजीवी परिषद्, पेशागत महासंघ नेपाल लगायतका जनसंगठनको अगुवाईमा वर्तमान सरकारले गरेका महत्वपूर्ण काम, उपलब्धी, आगामी कार्ययोजना सहित गणतन्त्रको पक्षमा नागरिक सम्वाद कार्यक्रम तय गरेको छ ।
एमाले कास्कीले आगामी चैत ३० गते चिप्लेढुंगामा गणतन्त्रको पक्षमा बृहत जागरण सभा गर्ने निर्णय गरेको छ । । पार्टीको केन्द्रीय सचिवालयको ४६ औं बैठकको निर्णय अनुसार एमाले कास्कीले वडा केन्द्रीत पार्टी निर्माण अभियान गरेको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया