नयाँ वर्षमा ‘थ्रिल अफ थ्री’

पोखरा ।
यामाहा नेपालले नयाँ वर्षको सुरुवात रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’’ सँगै गर्ने भएको छ । यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्न यो स्किम डिजाइन गरिएको हो ।
यो स्किम यामाहा मोटरसाइकल र स्कुटरमा एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो । ‘थ्रिल अफ थ्री’ अन्तर्गत एक्साइटमेन्ट सेयर गरी १ हजार जित्न सकिनेछ । आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्दा कम्पनीले तत्काल यो छुट दिनेछ ।
यामाहा डिलरसिपमा गई आफूले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाएर ५० हजारसम्म नगद छुट दिने योजनासमेत ल्याइएको छ । योजनाको अवधिमा ब्रान्ड न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद किन्दा १ लाखसम्म नगद छुट जित्ने मौका पनि कम्पनीले ल्याएको छ ।
नगद पुरस्कारका साथसाथै यामाहाले स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा जिरो प्रतिशत ब्याजको इएमआइको सुविधासमेत दिएको छ । उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटर थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेका लागि डिजाइन गरिएका छन् ।
एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित छ ।
तपाईको प्रतिक्रिया