सहकारी दिवसको अवसरमा पामे बजार सरसफाइ

पोखरा ।
६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाइ कार्यक्रम गरेको छ । पोखरा–२४ पामे बजारमा सहकारीका सदस्यसहित स्थानीय, प्रहरी र आमा समूह मिलेर सरसफाइ गरेका हुन् ।
सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समूह पामे, सिर्जनशील आमा समूह पामे, प्रहरी चौकी पामेलगायतको सक्रिय सहभागिता थियो । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नाराका साथ ६८औँ राष्ट्रिय सहकारी दिवस बुधबार मनाइँदै छ ।
पामे बजार फेवातालको मुहान क्षेत्रका साथै पर्यटकीय स्थल भएकाले पनि सरसफाइमा ध्यान दिँदै आफूहरूले सरसफाइ गरेको सहकारीका अध्यक्ष नवराज पराजुलीले जानकारी दिए । उनले सहकारीले सामाजिक क्षेत्रमा पनि बेलाबेला विभिन्न काम गर्दै आएको बताए ।
पामे बजारमा रहेका विभिन्न प्लास्टिक, बोतललगायतका फोहोरहरू भेटिएको सहकारीका व्यवस्थापक सूर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधैँ सफा राख्नुपर्ने बताउँदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नुपर्नेमा जोड दिए ।
सहकारीमा १ हजार १० जना सेयर सदस्य छन् । अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया