विदेशी नागरिकद्वारा वृद्धाश्रममा सहयोग जारी

लेखनाथ ।
स्विट्जरल्यान्डका नागरिक क्रिस्टोफ मेरियन र उनकी पत्नीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मा स्थित राधाकृष्ण वृद्धाश्रमलाई निरन्तर सहयोग जारी राखेका छन् ।
यो दम्पतीले आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकका लागि विगत १५ वर्षदेखि तीन जना कर्मचारी र हाल एक जना स्वास्थ्यकर्मी गरी चार जनाको व्यवस्थापन गर्दै आएको छ ।
आश्रममा खाना, बसोबास तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था, गाईपालन, चौतारो निर्माण, खाद्यान्न सामग्रीलगायत थुप्रै कार्य गर्दै आएका विदेशी दाताले दिएको रकमले संस्थाको व्यवस्थापनमा थप सहयोग मिलेको संस्थाका संस्थापक अध्यक्ष प्रेम लिगलले बताए ।
सहयोगदाता क्रिस्टोफले आफ्नो पारिश्रमिकबाट गरेको बचतले भौगोलिक रूपमा आफू टाढा भए पनि सीड फाउन्डेसन कास्कीको संयोजनमा आश्रममा सहयोग हुँदै आएको बताए । उनले सहयोगको सदुपयोग भएको, व्यवस्थापनमा थप सहजता मिलेको र अनाथ तथा असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम जीवनको अन्तिम क्षण बिताउने थलो भएकाले बाबुआमाको अनुहार हँसिलो देख्दा आफू निकै हर्षित भएको धारणा राखे । साथै, उनले भविष्यमा थप सहयोग बढाउने विचार व्यक्त गरे ।
सीड फाउन्डेसन कास्कीका अध्यक्ष चन्द्रबहादुर थापाले अन्य कामका लागि सहयोग पुगोस् भनेर विदेशी दाताहरूको सहयोगले वृद्धवृद्धाको दैनिकीमा ठूलो सहयोग पुगेको बताउँदै आश्रममा परेका थप समस्यालाई क्रमिक रूपमा समाधान गर्दै जाने बताए ।
संस्थाका अध्यक्ष विश्वराज लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा सीड फाउन्डेसनका सचिव मदन थापाले दोभासेको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष शोभा मोहन पौडेलले गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया