लायन्स बेगनास तालनगरीमा सुवेदी

समाधान संवाददाता २०८१ चैत १८ गते १७:०५

लेखनाथ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपाल अन्तर्गतको लायन्स क्लब अफ बेगनास तालनगरीको १० औं अधिवेशनले लायन वर्ष २०२५/२६ का लागि वर्तमान प्रथम उपाध्यक्ष सपना सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।


सर्वसम्मत रुपमा निर्वाचित क्लबको प्रथम उपाध्यक्षमा उपाध्यक्षमा विजयराज कँडेल, द्वितीय उपाध्यक्षमा धु्रवराज त्रिपाठी र तृतीय उपाध्यक्षमा वर्षा मगर निर्वाचित भएका छन् । यसै गरी सचिवमा तारा आचार्य सुवेदी र कोषाध्यक्षमा विमला पौडेल सोती निर्वाचित भए ।


क्लबको सहसचिवमा सूर्य लामिछाने, सहकोषाध्यक्षमा रोमिला गुरुङ एलसिआई एफ चिफमा अरुणचन्द्र सुवेदी र मेम्बरसिप चियर पर्सनमा समुन अधिकारी छन् ।

Advertisement


अधिवेशनले क्लबका पूर्व अध्यक्षहरुलाई निर्देशकमा चयन गरेको छ । नवनिवाचित टिमलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ ऋषिराम रानाभाटले लायन वर्ष २०२५/२६ का लागि जहाँ आवश्यकता त्यहाँ लायन भन्ने लायन्सको भवाना अनुसार सामजिक तथा मानविय सेवाका कार्यहरुलाई ग्रामीण तहसम्म पुर्‍याउन अनुरोध गरे ।


यसै गरी लायन्स क्लब अफ पोखरा बेगनास चौतारीको तेस्रो अधिवेशनले विभादेवी लामिछानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा राधिका भुजेल, द्वितीय उपाध्यक्षमा सुमित्रा देवि आचार्य पगेनी, तृतीय उपाध्यक्षमा सञ्जु क्षेत्री, सचिवमा दिपा गुरुङ र कोषाध्यक्षमा सरिता लामिछाने चयन भए ।

Advertisement


क्लबका अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एक्सटेन्सन चियर पर्सन प्रभा भुजेल, गाइडिङ लाइन सागर लामिछाने लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष बिभादेवी लामिछानेले सबै साथीहरुको सहयोग, सल्लाह र मदर क्लबको सयहोगबाट नै क्लबलाई अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्दै भावी योजना प्रस्तुत गरिन् ।

तपाईको प्रतिक्रिया