तीनकुने घटनामा मारिएका सुरेश र सविनका परिवारलाई १०/१० लाख

पोखरा । सरकारले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०/१० दिइने भएको हो ।
‘गृहमन्त्रीस्तरीय निर्णयबाट दुवैजना मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने निर्णय भएको छ’, गृहमन्त्री लेखकका प्रेस सल्लाहकार शेरबहादुर सिंंहले भने, ‘मृतकका परिवारलाई राहतस्वरुप सरकारकोतर्फबाट यो सहयोग दिन लागिएको हो ।’
दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहको उग्र प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो ।
उया कीर्तिपुर निवास यातायात मजदुर महर्जनको भने गोली लागेर ज्यान गएको थियो । उनीहरू दुवैको पोस्टमार्ट रिपोर्ट पनि आइसकेको छ ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया