पोखरा २८ मा कोक्यापको परामर्श

पोखरा । पोखरा महानगरपालिका–२८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एवम् दिगो सामाजिक–आर्थिक विकासका लागि रणनीतिहरू विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै गैसस महासंघका निवर्तमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले साँच्चै नै विकास निर्माण तथा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान रहने बताए । कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शान्तिका लागि साझा अभियान कोक्यापले आफ्नो कार्यक्रमका लागि पोखरा–२८ लाई छनोट गरेकोमा कोक्यापलाई धन्यवाद दिए । उनले समग्रमा पोखरा–२८ मा विकास निर्माण तथा कृषिको प्रचुर सम्भावना रहेको भए तापनि विभिन्न कारण जस्तै खानेपानी, बाँदर आतंक लगायत अन्य कारणले त्यहाँका जनताहरूलाई अप्ठ्यारो परेको र यसमा वडाले आफ्नो तर्फबाट दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले प्रशिक्षण दिँदै पोखरा–२८ मा कृषि लगायत विभिन्न क्षेत्रका सम्भावना रहेको बताउँदै विविध विषयमा प्रशिक्षण दिएका थिए । शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष वीरबहादुर किसानको अध्यक्षतामा सम्पन्न परामर्श कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य मनोहरि पौडेल, कृषि सञ्जाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारी, सहजकर्ता तथा अध्ययनकर्ता बबिन नेपालीलगायतले कार्यक्रममा बोलेका थिए । सहजकर्ता केशु भुजेलले सञ्चालन गरेको कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक सुसिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।








बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया