सैनिक बस्ती ग्रुप नम्बर १ ले मनायो स्थापना दिवस

समाधान संवाददाता २०८१ चैत १९ गते १८:४४

लेखनाथ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २९ मा रहेको सैनिक बस्ती ग्रुप नम्बर १ ले विविध कार्यक्रमका साथ आफ्नो १२औं स्थापना दिवस मनाएको छ । विशेष गरी नेपाल तथा भारतीय सेना तथा प्रहरीमा रहेका व्यक्तिहरुको बसोबास रहेको उक्त ठाउँमा रहेका करिब सय घरधुरी परिवार एकै ठाउँमा जम्मा भई सामूहिक रूपमा आफ्नो स्थापना दिवस मनाएका हुन् ।

Advertisement

विविध सांस्कृतिक कार्यक्रम, सम्मान र वार्षिक कार्ययोजनाको समीक्षा गरिएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य क्षेत्रबहादुर गुरुङले समाज भनेको सुखका बेलामा साथ दिने र दुःखका समयमा हात दिने गरी काम गर्न अनुरोध गर्दै यस क्षेत्रको विकासका लागि वडा सहकार्य गरेर अगाडि बढ्न तयार रहेको विश्वास दिलाएका थिए ।

समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हवल्दार रामबहादुर गुरुङ, महिला उपाध्यक्ष काशिमाया गुरुङ र सचिव हवल्दार मीनबहादुर गुरुङलगायतले हाम्रा अग्रजले देखाएको बाटो र उनीहरूले पछ्याएको धर्म र संस्कृतिको संरक्षण गर्दै सेवा भावले अगाडि बढ्न सबैलाई अनुरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया