वियोगीलाई त्रिवेणी इन्द्रराज काव्य पुरस्कार

पोखरा । पोखरेली कवि माधव वियोगीलाई त्रिवेणी इन्द्रराज काव्य पुरस्कार प्रदान गरिने भएको छ । नवलपुरको गैँडाकोटस्थित त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा सञ्चालित उक्त पुरस्कार वियोगीलाई छन्द बचाऊँ अभियान (२०५३) र महाकाव्य लेखन अभियान (२०६०) मार्फत काव्य क्षेत्रमा लामो समयदेखि क्रियाशील रही भाषा–साहित्यको विशिष्ट सेवा गरेवापत प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलले जनाएका छन् ।
उनले पोखरा बेलघारीस्थित छन्दनिवासमै उपस्थित भएर वियोगीलाई पुरस्कारको जानकारी गराएका थिए ।
छन्द विश्वविद्यालय स्थापनाका लागि सक्रिय वियोगी जनप्रिय बहुमुखी क्याम्पस, पोखराका पूर्वप्रमुख हुन् । उनका ९ महाकाव्यसहित विभिन्न विधाका ४१ कृति प्रकाशित छन् । छन्द साधनामा समर्पित व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने यो पुरस्कार आगामी वैशाख ९ गते गैँडाकोटमा विशेष समारोहमा प्रदान गरिनेछ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया