टीकाराम लामिछानेको स्मृतिमा शोकसभा

पोखरा । नेपाली कांग्रेस पोखरा २८ का नेता एवं तत्कालीन माझठानाका गाविसका पूर्व उपाध्यक्ष टीकाराम लामिछानेको सम्झनामा शोकसभा गरिएको छ । नेपाली कांग्रेस पोखरा २८ समितिको आयोजनामा लामिछाने निवास माझठाना, लामिछाने गाँउमा सभा भएको हो ।
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्व कास्की सभापति कृष्ण केसी, पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने लगायतले लामिछानेको योगदानको चर्चा गरे । कांग्रेस पोखरा २८ सभापति विश्वरमण अधिकारीको अध्यक्षता भएको शोकसभा महासमिति सदस्यहरु सुदीपमोहन भट्टराई, दीपक गुरुङ, क्षेत्रीय सभापति राजेन्द्र लामिछाने, महाधिवेशन प्रतिनिधिहरु गिरिराज गौतम, निशा मल्ल ठकुरी, जिल्ला सचिव देवेन्द्र रानाभाट र भानु ढकाल, पूर्व महाधिवेशन प्रतिनिधि वीरबहादुर वुढाथोकी, महासमिति सदस्य विकास लामा गुरुङ लगायतले बोलेका थिए ।
२००३ भदौ ५ गते जन्मिएका लामिछानेको चैत १६ गते मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । लामिछानेका श्रीमती, दुई छोरा र चार छोरी छन् ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया