पृथ्वीनारायण क्याम्पस स्ववियुमा समानुपातिक सदस्यको टुंगो

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको समानुपातिक सदस्यहरुको टुंगो लागेको छ ।
चैत १० गते भएको स्ववियु निर्वाचनको मतपरिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट ४, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट ३, अखिल क्रान्तिकारी, अनेरास्ववियू र प्राज्ञिक विद्यार्थी परिषद्का १/१ जना सदस्य निर्वाचित भएका हुन् ।
जसअनुसार अनेरास्ववियुबाट विक्रम क्षेत्री, सविना शर्मा, सौगात गिरी र सुशान्त अधिकारी समानुपातिक सदस्य बनेका छन् । नेविसंघबाट विवेक तिमिल्सिना, मानवराज बराल र नम्रता अधिकारी स्ववियु सदस्य बनेको निर्वाचन अधिकृत प्राडा. रामचन्द पोखरेलले जानकारी दिए । अखिल क्रान्तिकारीबाट मनिष तामाङ, अनेरास्ववियूबाट भुवनेश्वर तिवारी र प्राज्ञिकबाट सन्तोष शर्मा पौडेल सदस्य बनेको उनले बताए ।
स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ प्यानलै जितेको अनेरास्ववियुमा समानुपातिकतर्फ भने सदस्यहरु बाडिएका थिए । मतपरिणाम अनुसार समानुपातिकमा पनि अनेरास्ववियु नै लोकप्रिय बनेको थियो । १ हजार १९७ मत पाएको अनेरास्ववियुले समानुपातिकबाट ४ सदस्य, नेविसंघले ६९० मत प्राप्त गर्दै ३ सदस्य, अखिल क्रान्तिकारीले ३१२, अनेरास्ववियुले ३०५ र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले १४५ मत प्राप्त गर्दै १/१ प्राप्त गरेका हुन् ।







समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया