‘सुनको हात्ती’ लिएर आए पलाँस

पोखरा । कवि तथा गीतकारको छवि बनाएकार शिव पलाँसले औपचारिक रुपमा गायन थालेका छन् । उनले आफ्नै सिर्जना ‘तिम्रो सुनको हात्ती’मा स्वर दिएका हुन् ।
केशव बादीको संगीत र संगीत संयोजन रहेको यो गीत पलाँस क्रियसन नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । दुई दशकदेखि साहित्यमा सक्रिय उनको गीति सञ्चयन ‘माया गर्नुको अर्थ’ प्रकाशित छ ।
उनका चार दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् । माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, गन्दै जादा पिरतीमा, खोकी लाग्दा हर्राे, काली मोरीले आदि उनका लोकप्रिय गीत हुन् । अखबारी लेखनमा समेत सक्रिय पलाँसले आफूले स्वर दिएको गीतबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको सुनाए ।
मान्छे पैसामुखी र बनावटी बन्दै जाँदा मानवता हराउँदै विषयवस्तु नयाँ गीतमा छ । स्याङ्जाको हरिनास गाउँपालिका १, किचनाशमा जन्मिएका अधिकारी अहिले अमेरिकामा बसोबास गर्छन् । उनी गीतसहित कविता, मुक्तक, गजल लेखनमा समेत सक्रिय छन् ।
गायक सन्तोष रुचालको स्वरमा बजारमा आएको ‘बेहोसीमै छोडी गयौ’ उनको पहिलो रेकर्डेड गीत हो भने ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ले उनलाई पृथकपनका गीतकारको परिचय दियो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया