अन्नपूर्ण ट्रेकिङ मार्गमा हराएका चिनियाँ पर्यटकको शव आठ दिनपछि फेला

समाधान संवाददाता २०८१ चैत २२ गते १४:११

पाेखरा । अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रतर्फको ट्रेकिङ मार्गमा हराएका चिनियाँ नागरिकको शव ८ दिनपछि फेला परेको छ। मादी नदी किनार नजिक शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

चैत ११ गते अन्दाजी १२:३० बजे अन्नपूर्ण गाउँपालिका-११, देउरालीस्थित चुम्रुङ क्षेत्रमा आएको हिमपहिरोका कारण इचेङ युयान नामका २८ वर्षीय चिनियाँ नागरिक सम्पर्कविहीन भएका थिए। उनी अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ फर्कँदै गर्दा बेपत्ता भएका थिए।

स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले प्रारम्भिक खोजी कार्य गरे पनि सफलता नपाएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चैत १६ गते बिहान ५:५० बजे सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली आवश्यक उपकरणसहित परिचालन गरिएको थियो।

लगातारको प्रयासपछि चैत २३ गते बिहान ८:३० बजेबाट खोजी कार्यमा खटिएको उक्त टोलीले बिहान १०:१५ बजे मोदी नदीको किनारबाट करिब २० मिटर उत्तरतर्फ झोला बोकेको, घोप्टो परेको अवस्थामा शव फेला पारेको जनाएको छ। शवलाई घटनास्थलबाट ११:२० बजे बाहिर निकालिएको हो।

Advertisement

तपाईको प्रतिक्रिया