
ममी स्नेकको जिब्रो किन त्यस्तो ?’
खाना खाइवरी बैठक कोठामा एनिमल प्लानेट हेरिरहेको निर्वाणले आमालाई सोध्यो । आज उसको बुबा काम विशेषले सौराहा जानुभएको हुँदा उसले कथा सुन्न पाएको थिएनँ । त्यसकारण टिभी खोलेर झिँजो मान्दै बसेको थियो ऊ । एक्कासि टिभीको स्क्रिनमा सर्पले आधा चिरिएको जिब्रो निकालेको दृश्य देखेपछि उसले आमालाई जिब्रोबारे सोधेको थियो ।
निर्वाणको कुरा सुनेपछि आमाले भान्छाबाट एक गिलास दूध लिएर आउनुभयो र उसलाई पिउन दिँदै टिभी बन्द गरेर भन्नुभयो, ‘नागले झुटो कुरो भन्ने जान्दाजान्दै पनि त्यसलाई मानेर नि छोरा ।’
निर्वाणलाई आमाको कुरा अनौठो लाग्यो र सोध्यो, ‘झुटो कुरा मानेर नि कहिँ जिब्रो काटिन्छ र मामु ?’
‘हो त आज म स्यानुलाई त्यसको कथा सुनाउँछु,’ आमाले भन्नुभयो ।
आमाको कुरा सुनेपछि निर्वाण झनै चकित पर्यो किनकि उसले आमाबाट कहिल्यै कथा सुनेको थिएन । आमालाई नि कथा आउँदो रछ भन्ने थाहा पाएपछि निर्वाण उत्साहित देखियो । आमाले कथा सुरु गर्नुभयो ।
ऊ बेलाको कुरा हो विनता र कद्रू नाम गरेका दुईजना दिदीबहिनीको एउटै मान्छेसँग विवाह भयो । बिहेपछि एकदिन ती दुबैलाई तिनका श्रीमान्ले बोलाएर वरदान माग्न भने ।

वरदान पाउने सुनेपछि कद्रुले भनिन्, ‘मलाई एक हजारवटा नाग सन्तान चाहिएको छ ।’
कद्रुको कुरा सुनेपछि उनका श्रीमान्ले उनलाई एक हजार नाग जन्माउने वरदान दिए ।
‘उसोभए स्नेकको मामु कद्रू हो ?’ चाख दिएर सुनेको निर्वाणले सोध्यो ।
‘हो छोरा, विनता स्नेकहरुको मामु हो । त्यसपछि विनताले पनि वरदान मागिन्,’ उनले भनिन् ।
मलाई मात्र दुई सन्तान भए पुग्छ तर ती दुईजना कद्रूका सन्तानभन्दा बलिया हुनुपर्छ भनेर विनताले वरदान मागेपछि उनलाई पनि वरदान दिएर ती श्रीमान् ध्यान गर्न गए । वरदानका कारण कद्रूले एक हजार अन्डा पाइन् र ती अन्डालाई सुरक्षित राखिन् । विनताले पनि दुइटा अन्डालाई त्यसरी नै राखिन् । समय आएपछि कद्रूले राखेका अन्डा फुटेर त्यहाँबाट एक हजार नाग निस्के । कद्रू असाध्यै खुसी भइन् । तर विनताले राखेको अन्डाबाट भने केही पनि निस्केन ।
कद्रूलाई आफ्ना सन्तानसँग खेलेको देखेपछि विनतालाई डाह भयो । त्यसपछि उनले आफूले जोगाएर राखेको एउटा अन्डा फुटालिन् । अन्डा फुटेपछि आधा शरीर बनिसकेको र आधा शरीर भने तयार भइनसकेको एउटा जीव त्यहाँबाट निस्क्यो । उसले आफ्नी आमालाई भन्यो, ‘आमा, अर्काको खुसी देख्न नसकेर डाह गरेर तपाईंले मेरो शरीर पुरा नबन्दै अन्डा फुटाउनुभयो । तपाईंको डाहको कारण म यस्तो जन्मेँ । म धेरै बाँच्दिनँ । मलाई अकालमा मार्नुभएकोमा तपाईंलाई पाप लाग्छ । तपाईं कद्रूकी दास बन्नुपर्छ ।’ यति भनेपछि त्यो जीव मर्यो ।
उसको श्रापका कारण एकदिन विनता र कद्रूले बाजी थापे । बाजी छिमेकीको घोडाको पुच्छर कस्तो छ भन्नेमा थियो । विनताले सेतो छ भनिन् । कद्रूले कालो । जसले बाजी हार्छ त्यो दास हुने सर्त थियो ।
केहीबेरमा घाडोको पुच्छर हेर्न पुग्दा त पुच्छर कालो रैछ । विनता कद्रूकी दासी भइन् स्यानु र कद्रूले अह्राएको सबै काम गर्न थालिन् । खासमा नि स्यानु त्यो घोडाको पुच्छर भने सेतो थियो ।
आमाको कुरा सुनेपछि निर्वाणले भन्यो, ‘अनि कसरी कालो देखियो त मामु ?’
खासमा कद्रूले आफ्ना छोराछोरीलाई पुच्छर कालो देखाउन घोडाको पुच्छरमा बेरिएर बस्न लगाएकी थिइन् । नागहरु काला थिए, त्यसकारण उनीहरु बेरिएकाले टाढाबाट हेर्दा पुच्छर कालो देखियो । यसरी नागले झुटो कुरा माने ।
‘अनि जीब्रो चाहिँ कसरी त्यसो भयो त मामु ?’ निर्वाणले आमालाई सोध्यो ।
इन्द्रको कुरा सुनेपछि गरुडलाई त्यसै गरौँ भन्ने लाग्यो र ती दुबैजना नागको घर पुगे । इन्द्र घरबाहिर लुकेर बसे । गरुडले अमृत नागलाई दिए । र, आमा फिर्ता लिए । नागले चोखो गर्नुपर्छ भनेर त्यो अमृतको भाँडोलाई कुशको चकटीमा राखे ।
‘मामु कुश भनेको के हो ?’ निर्वाणले फेरी सोध्यो ।
तपाईंको डाहको कारण म यस्तो जन्मेँ । म धेरै बाँच्दिनँ । मलाई अकालमा मार्नुभएकोमा तपाईंलाई पाप लाग्छ । तपाईं कद्रूकी दास बन्नुपर्छ।’
विनता दासी बनेको केही समयपछि बाँकी रहेको एउटा अन्डा फुटेर त्यहाँबाट गरूडको जन्म भयो । गरुड भनेको इगलजस्तै हो है स्यानु । केही समय बितेपछि गरुडले आफ्नी आमाबारे थाहा पाए र आमालाई लिन गए । नागले तिम्री आमा हाम्री दासी हुन् । उनलाई लैजाने हो भने अमृत लिएर आऊ भनेपछि गरुड अमृत लिन स्वर्ग गए । इन्द्र नामका देवतासँग लडाइँ गरे, जिते अनि अमृत लिएर फर्के । नागले अमृत पाए भने ती अमर हुन्छन् र कहिल्यै मर्दैनन् भन्ने भएपछि इन्द्रले गरुडसँग भने, ‘हे गरुड तिम्री आमालाई नागले छल गरेर दास बनाएका हुन्, तिनलाई छुटाउन पनि हामी छल गरौँ । यो अमृत नागलाई नदिनू ।’
‘यो घाँस हो छोरा । हजुरबुवाले सरात गर्दा हातमा त्यही घाँसको औँठी लाउनुहुन्छ । त्यो घाँस ब्लेडजस्तै हुन्छ स्यानु । काट्न पनि सक्छ ।’
आमाको कुरा सुनेपछि निर्वाणले बुझेझैँ गरी टाउको हल्लायो । त्यसपछि स्यानु नागले हतार गरेर अमृत खान खोज्दा गरुडले भने, ‘अमृत त कमसेकम नुहाएर शुद्ध भएर खाऊ ।’
यति भनी गरुड आमालाई लिएर निस्के । गरुडको कुरा राम्रो मानेर नाग पनि नुहाउन हिँडे । त्यही मौकामा इन्द्र घरभित्र छिरेर अमृत लिएर स्वर्ग गए । नाग फर्केर आउँदा त्यहाँ अमृत थिएन । त्यो देखेपछि नागहरूले आफूमाथि छल भएको महसुस गरे । तीमध्येका केही विद्वान् नागले कुशको चकटीमा अमृत छचल्केर खसेको हुनुपर्छ भन्ठानेर त्यसलाई नै चाटौँ भने । नागहरुले मिलेर कुश चाट्न थाले । मैले अघि नै भनेजस्तै गरी कुशले तिनको जीब्रो काट्यो । त्यसपछि स्यानु नागको जिब्रो सधैँका लागि बिचबाट चिरियो ।
आमाको कथा सुनेर निर्वाण दंग पर्यो । उसलाई आमाले सुनाएको कथा बाबाले अस्ति सुनाएको कथाभन्दा पनि रमाइलो लाग्यो । त्यसपछि निर्वाण दूधको गिलास टिपेर भान्छामा छिर्यो र माझेर आमालाई राख्न दियो ।

त्रिवेणी
त्रिवेणी साहित्यकार हुन् । समाधान दैनिकमा शनिबार प्रकाशन हुने बालबालिका लक्षित स्तम्भ तातेतातेका लागि त्रिवेणीले नियमित लेखिरहेका छन् ।
तपाईको प्रतिक्रिया