पोखरामा चैत २९ देखि प्रथम एलिट भलिबल कप हुँदै, बचत रकम खेलाडी उत्पादनमा खर्चिने

पोखरा । पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो ।
पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।
‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण गराउनेछौं । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निशुल्क प्रशिक्षण गराउनेछ ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।
दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।
हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । टिम दर्ताका लागि चैत २७ गतेसम्मका लागि समय दिइएको छ । खेल हेर्नका लागि प्यारापिट बनाइएको र १२ सयदेखि १५ सयसम्मको दर्शक क्षमता रहेको रोकाले बताए ।
कप्तान शाहीसहित ३ जना मिलेर नदिपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरुले महिला खेलाडीहरुलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् । विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ । पहिलाको जुन साख छ पोखराको । त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो ।’








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया