क्षत्री समाज कास्कीद्वारा नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन र दूर्गा पूजन

समाधान संवाददाता २०८१ चैत २२ गते १९:४४

पोखरा । क्षत्री समाज नेपाल, कास्कीले नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते पात्रो विमोचन गरेको छ । साथै दूर्गा पूजन र शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।

Advertisement

सो क्यालेण्डरको समाजका केन्द्रीय अध्यक्ष रिबबहादुर थापा तथा विजय श्री कृष्णमूर्ति महाराजसहित समाजका महासचिव कृष्ण थापा, कास्की अध्यक्ष दिलबहादुर अधिकारी क्षत्री, कञ्चन थापा, हिरा भण्डारी लगायतले विमोचन गरे ।

समाजले शनबिार नै चैते दशैंको दिन समाजको प्राङ्गणमा नवनिर्मित दूर्गा माताको मन्दिरमा पूजा र पाहुनालाई प्रसाद ग्रहण गराएकाे छ । कार्यक्रमका प्रमुख अतिथि क्षत्री समाज नेपालाका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले समाजलाई गतिशील बनाउन आवश्यक भएको बताए ।

उनले वडा, महानगर, प्रदेश तथा राष्ट्रभरकै क्षत्रीहरु अँझ शसक्त, जुझारु, सनातन धर्म, संस्कार, संस्कृतिप्रति एकतावद्ध हुन जरुरी भएको बताए । जिल्ला समाजहरूमा अझैं कास्की जिल्ला उत्कृष्ट भएको बताउँदै असल काम गर्नका लागि शुभेच्छा व्यक्त गरे । विजय श्री कृष्णमूर्ति महाराजद्वारा मन्दिर संरक्षणका लागि रू ५१ हजार दक्षिणा प्रदान र दर्शन कार्यक्रमका विशेष अतिथि विजय श्री कृष्णमूर्ति महाराजले शुरुमै भने, म यस्तै स्वभावको छु ।

बाहुनको छोरो भएपनि क्षत्रीको स्वभाव म मा रहेको छ । मेराे सबैजनमा काेटिहाेममा निमन्त्रणा छ है । पोखरा १७ विरौटामा आयोजना हुन लागेकाे ऐतिहासिक कोटिहोममा सबैलाई निमन्त्रणा गर्दै भने, यो कोटि होम ऐतिहासिक हुनेछ । हाम्रो जीवनमा कहिल्यै भएको थिएन, न कहिल्यै हुनेछ । कार्यक्रममा देश विदेशका हजारौं व्यक्ति र साधकहरुको आगमनले पोखराको धार्मिक, सांस्कृतिक पर्यटनमा अतुलनिय योगदान पुग्ने बताए ।

Advertisement

केही समय अगाडि संयोजन नमिल्दा केही असजिलो महसुस भए पनि अहिले सबैकुरा मिलेको, वडा, महानगर र प्रशासनबाट अनुमित प्राप्त भएकोले पछि घोषणा गरिएको स्थान बिरौटामा नै कोटिहोम हुने बताए । उनका अनुसार कोटिहोममा २५ देखि ३० करोड खर्च हुने र लाखौं भक्तजनको सहभागिता हुने बताए ।

सो अवसरमा विजय श्री कृष्णमूर्तिले नयाँ बजारस्थित क्षत्री समाजको प्राङ्गणमा रहेको दूर्गा माता मन्दिरको दर्शन गरी मन्दिरको संरक्षणका लागि रुपैयाँ ५१ हजार दक्षिणा स्वरुप प्रदान गरे ।

सभाका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले समाज देशका ६६ जिल्ला र देश बाहिर १२ शाखा रहेको जानकारी दिए । थापाले भने, हामी राष्ट्र, राष्ट्रियता, स्वाधिनता, समानता, समताका पक्षधर हौं ।

पुर्खाले सिमाको रक्षा गरे, देश जोगाउन, एक हुन पहल गरे तर पछिल्ला समयमा हामीलाई विभिन्न कारणहरुले आरक्षणको नाममा पछि पारिदैछ । हाम्रा छोराछोरीहरुलाई स्थानबिहिन बनाउन खोजिएको छ । हाम्रा मागहरुका लागि राज्यसँग लड्नु पर्नेछ । ती मागहरुको परिपूरणको लागि हामी बलियो हुन जरुरी छ । देशको ठूलो हिस्सा ओगटेको क्षत्री जातिलाई गरिने अपमान र थिचोमिचाे सह्य नहुने थापाको भनाई थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले समाज आफ्नो संस्कार, संस्कृति, भेषभूषा र पहिचानका लागि अडिग हुनुपर्ने र पुस्तान्तरण हुँदै जानुपर्ने बताइन् । यसअघि कार्यक्रममा सहभागीलाई भित्रे पात्रो प्रकाशन समितिका संयोजक हिरा भण्डारीले स्वागत गरेकी थिइन् । समाजका सचिव भरत थापा क्षत्रीको सञ्चालनमा रहेको कार्यक्रमको अध्यक्षता क्षत्री समाज कास्कीका अध्यक्ष दिलबहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया