केपी ओली टी–२० क्रिकेट जारी : काठमाडौं र हेटौडाको जित

पोखरा ।
पोखरामा जारी दोस्रो केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला क्लब स्तरीय पुरुष क्रिकेटमा आइतबार एकै समूहका दुई खेल सम्पन्न भएका छन । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित हासिल गर्दै सिइसी काठमाडौं सेमीफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । १२७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४.१ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन पुरा गर्यो ।
काठमाडौंका लागि दिपेन्द्र रावतले ४९ रनको योगदान दिदैँ क्याच आउट भए । उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रित गौतमले २३ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३८ रन बनाउँदै क्याचआउट भए । पृथु बास्कोटा २१ रनमा र अर्जुन घर्ति ७ रनमा नटआउट रहे । पृथुले १४ बलमा १ चौका २ छक्का प्रहार गरे भने अर्जुनले २ बलमा १ छक्का प्रहार गरे ।
स्याङजाका लागि अस्विनी रानाले २ तथा किरण भट्टराईले १ विकेट लिए । काठमाडौंले यस अघि हेटौडालाई हराएको थियो ।
त्यसअघि टस जितेर व्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो । ओपनर करण पंगेनी १४ रनमा आउट भए । १४ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे ।
इश्वर क्षेत्रीले ३४ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मिलन क्षेत्री ३, विशाल कोइराला १७, सन्दीप खत्री क्षेत्री १, सुजन गौतम ११, अस्विनि राना २ रनमा आउट भए । किरण भट्टराई १५ र लक्ष्मण डुम्रे ११ रनमा नटआउट रहे । काठमाडौका लागि दिपेन्द्र रावतले ४ ओभरमा एक मेडनसहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यानअफ दी म्याच घोषित भए । यस्तै मनोज यादव, युनिश विक्रम सिंह र सुर्य तामाङले समान १/१ विकेट लिए ।
सोही समुहको अर्को खेलमा हेटौंडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ४ विकेटले हरायो । ७२ रनको सामान्य लक्ष्य पाएको हेटौंडाले १२ ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो ।
हेटौंडाका ओपनर गौरव खड्काले ३४ रनको उत्कृष्ट पारी खेल्दै क्याच आउटभए । उनले ३२ बल ४ चौका समेत प्रहार गरे । राम नरेश गिरि १४ र अकिलेश ठाकुर ८ रनमा नट आउट रहे । गिरिले १० बलमा १ चौका र १ छक्का प्रहार गरे भने ठाकुरले ८ बलमा १ चौका प्रहार गरे ।
शुभ कंशाकार, युविन बुढाथोकी शुन्यमै आउट भए । सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बस्ताकोटी ४ रनमा आउट भए ।
पोखराका लागि सुवास बास्तोला र अन्जन केसिले २/२ तथा समीर भुजेल र मार्सल बरालले १÷१ विकेट लिए ।
त्यस अघि टस जितेर व्याटिङ थालेको पोखरा १६.५ ओभरमा अलआउट हुन पुग्यो । पोखराका ओपनर दिपक बरालले १४ रन जोडे । सुमित श्रेष्ठले पोखराका लागि सर्वाधिक २६ रनको योगदान दिए । उनले ३९ बलमा ३ चौका प्रहार गरे । प्रमोद बास्तोलाले २२ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धिरज अधिकारी २, कविन सापकोटा १(रन आउट), मार्सल बराल १(रन आउट), सुवास बास्तोला १ रनमा आउट भए भने विष्णु प्रसाद शर्मा, साहिल पौडेल र अन्जन केसि शुन्यमै आउट भए । हेटौंडाका लागि असिम श्रेष्ठ र अकिलेश ठाकुरले समान ३÷३ विकेट लिए भने सांसद अलि मन्सिरीले २ विकेट लिए ।
समूह ए मा काठमाडौंले आफ्नो शिर्षस्थानका लागि सम्भावना बलियो बनाएपनि भोलि पोखरा संग हारेको खण्डमा भने हेटौंडा र स्याङजाको समेत सम्भावनाको ढोका खोल्नेछ । प्रतियोगितामा भोलि तेस्रो दिन समूह ‘ए’ तर्फको पोखरा महानगरपालिका र काठमाडौं तथा सोहि समूहको हेटौडा र स्याङ्जा बिच खेल हुनेछ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया