७१ युनिट रगत संकलन

समाधान संवाददाता २०८१ चैत २३ गते १६:५८

पोखरा ।
पोखरा १३ बाँझापाटनमा रहेको कमलपोखरी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान तथा निशुल्क रक्त परीक्षण कार्यक्रम गरेको छ । संस्थाको चौथो रक्तदान कार्यक्रम पहिलो रक्तदाता रवि बराललाई ब्लड ब्याग हस्तान्तरण गरी पोखरा १३ का वडा सदस्य बलबहादुर बरालले सुरुआत गरे ।

Advertisement


सो अवसरमा ७१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक भवसागर बरालले जानकारी दिए । युनाइटेड रिफरेन्स ल्याबोरेटरी प्रालि ( युआरएल) न्युरोडको प्राविधिक सहयोगमा गरिएको निशुल्क रक्त परीक्षणमा २ सय ४५ जनाको रक्त परीक्षण गरिएको थियो ।

संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, सहकारीका सचिव कुमार केसी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया