वन्यजन्तु चोरी शिकारी रोक्न अभियान

पोखरा । मानव अधिकार समूह माछापुच्छ्रेले बाल बालिका, युवा र ज्येष्ठ नागरिकलाई समेटेर वन्यजन्तु संरक्षण तथा चोरी शिकारी रोकथामका उपायका साथै वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङको आर्थिक सहयोगमा भएको कार्यक्रममा बाल क्लब, युवा क्लब, संरक्षण क्षेत्र व्यवस्थापन समिति, जनप्रतिनिधि, शिक्षक, टोल विकास संस्था र माछापुच्छे« सेवा समाजका बाल कलाकार गरी १ सय ८ जनाको सहभागिता थियो ।
कार्यक्रममा इलाका संरक्षण कार्यालय ल्वाङका रेन्जर रोशन कार्कीले वन्यजन्तुको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी रोकथाम विषयमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा मानव अधिकार समूह माछापुच्छे« अध्यक्ष कुलप्रसाद अधिकारीले गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङलाई वन्यजन्तुको चोरी शिकारी रोकथामको लागि अभियान थाल्नका लागि ज्ञापनपत्र बुझाए ।
कार्यक्रममा पालिकाका अध्यक्ष गुरुङ, वडा नम्बर ९का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक हरिबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, अनुगमन तथा मूल्यांकन संयुक्त समितिका उपाध्यक्ष तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोखरेल, पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सम्झाना पोखरेल, सहायक प्रशासकीय अधिकृत ज्योति पौडेल, इन्सेकका जिल्ला सहजकर्ता सुष्मा आचार्य, मानव अधिकार समूहका उपाध्यक्ष सुनिता परियार, सहसचिव खडानन्द गौतम, दुर्गाबहादुर गुरुङ, गोविन्द अधिकारी, सीता अधिकारी तिवारी, प्रतीक्षा पोखरेल, साजन पोखरेल लगायतले वन्यजन्तु तथा वातावरण संरक्षणका बारेमा बोलेका थिए ।
इन्सेकको पहलमा गठन भएको मानव अधिकार समूह माछापुच्छे«ले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका लागि राज्यका निकायलाई जिम्मेवार र जवाफदेही बनाउन अभिया सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा नेपालको संविधानमा व्यवस्था भएका स्वच्छ वातावरणको हक, जातीय विभेद र छुवाछुत बिरुद्धको हक लगायतका मानव अधिकारका विविध विषयमा वहस तथा पैरवी गर्दै आएको मानव अधिकार समूह माछापुच्छ्रेका अध्यक्ष अधिकारीले जानकारी दिए ।








अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया