रवि लामिछाने कारागार चलान

समाधान संवाददाता २०८१ चैत २४ गते १२:०२

पोखरा ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने कारागार चलान भएको छन् । जिल्ला अदालत रुपन्देहीमा पेश गरी थुनुवा पुर्जी दिइएपछि सोमबार उनलाई जिल्ला कारागार भैरहवा लगिएको हो ।

गत शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई भैरहवा ल्याइएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो। अदालतको अन्तिम फैसला नआएसम्म उनी कारागारमै रहनेछन्।

Advertisement

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारी प्रकरणमा ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश दिएका थिए। यसअघि जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको थियो, जुन आदेश उच्च अदालतले बदर गरेको हो।

लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले भने सहकारी ठगी प्रकरणको गम्भीरता, घटनाको प्रकृति, पीडितको अवस्था लगायतका आधारमा धरौटीको विकल्प उपयुक्त नठहरिएको उल्लेख गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया