पोखरा २६ मा अन्तरसंवाद
समाधान संवाददाता
२०८१ चैत २४ गते १२:०५

लेखनाथ ।
एमाले निकट नेपाल बुद्धिजीवी परिषद पोखरा २६ ले आइतबार गणतन्त्रको अपरिहार्यताबारे अन्तर संवाद आयोजना गरेको छ । गणतन्त्र पक्षधर पार्टीहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवाल सदस्य दिलीपविक्रम शाहीले राजतन्त्रको विकल्पमा गणतन्त्रको स्थापना भए पनि गणतन्त्रको विकल्प राजतन्त्र नभएको ठोकुवा गरे । एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले जनतालाई संगठित र सचेत बनाउनका लागि यस प्रकारको कार्यक्रमलाई अगाडि सारिएको जनाए ।
कार्यक्रम संयोजक श्रीभद्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट कृष्ण भाट, नेकपा एमालेको तर्फबाट मनहरि ढुंगाना र नेकपा माओवादीको तर्फबाट अनिल परियार लगायतले बोलेका थिए । वक्ताहरुले जनतामा भएको असन्तुष्टि ठूला दलले सम्बोधन गर्न नसक्दा निराशा थप सघन भएको विचार राखे ।
सम्बन्धित






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया