एमाले जागरण सभा ३० गते

पोखरा ।
नेकपा (एमाले)ले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बृहत जागरण सभा गर्न लागेको छ । एमालेले गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान २०८१ अन्तर्गत यही चैत ३० गते जागरण सभा गर्ने निर्णय गरेको हो ।
पोखराको चिप्लेढुंगामा सभा गर्न लागेको एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारीले प्रतिगामी हर्कत विरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाको लागि एमालेले प्रर्दशन गरेको बताए ।
एमाले जिल्ला कमिटी कास्कीले आइतबार आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न पार्टीले देशव्यापी रुपमा सचेतना, जनप्रर्दशन र जागरण सभा गर्न लागेको जानकारी दिए । ‘प्रतिगामी र व्यवस्था विरोधी गतिविधिलाई निस्तेज पार्न एमालेको अगुवाई गणतन्त्रको पक्षमा जागरण अभियान भएको छ,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनसमुदाय एकजुट हुन आवश्यक छ ।’
उनले एमालेको अभियानलाई गणतन्त्रका पक्षधर सबै दललाई साथ र सहयोग गर्न आग्रह गरे । उनले अभियानमा युवा विद्यार्थी, नागरिक समाज, आदिवासी, जनजाति,उत्पीडित, आधारभूततहका समुदायसम्म पुग्न आग्रह गरे । नेता अधिकारीले आकर्षक नारा तय गरेर सांस्कृतिक झाँकीसहित प्रर्दशन गर्न अनुरोध गरे ।
एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले जिल्ला कमिटी कास्कीको अगुवाईमा हुने प्रतिगमन विरुद्धका जागरण सभामा गण्डकी प्रदेश स्तरका नेता तथा कार्यकर्ताको सहभागिता हुने बताए ।
एमाले जिल्ला कमिटी कास्की अध्यक्ष अधिकारीले पोखरा सभागृह, नदिपुर र रानीपौवाबाट बाजागाजा झाँकीसहित निस्कने जुलुस चिप्लेढुंगामा पुगेर सभामा परिणत हुने बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु चूडामणि जंगली, मीनाकुमारी गुरुङ, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले जागरण सभाको तयारीको बारेमा बोलेका थिए ।
तीन महिने वडा केन्द्रीत अभियान चलाएको एमालेले चैत ११ देखि ३० गतेसम्म प्रदेश र जिल्ला तहमा प्रतिगामी हर्कतका विरुद्धमा सचेतना, जनप्रर्दशन र जागरण सभा गर्ने निर्णय गरेको छ । एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमासभा गर्न लागेको छ ।
एमालेले गणतन्त्रका पक्षमा चैत १८ गते जागरण सभा तथा मोटरसाइकल र्यालीको निकालेको छ । गणतन्त्रको पक्षमा जागरण अभियान अन्तर्गत एमालेले कास्कीले चैत ११ गते स्थानीय तहका वडामा जागरण कार्यक्रम गरेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया