तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ
समाधान संवाददाता
२०८१ चैत २४ गते १५:३८

पोखरा ।
काठमाडाैंकाे तीनकुनेमा राजावादी समूहद्वारा आयोजित हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । प्रहरीले उनलाई साेमबार नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीका अनुसार, पत्रकार सुरेश रजकको शव भेटिएको भवनबाट एनी कुँवर तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान थालिएको हो। पत्रकारको मृत्यु भएको र उस्तै समयमा उनी झर्दै गरेको देखिएकाले सोधपुछका लागि उनलाई ल्याइएको प्रहरीले बताएकाे छ ।
उनीमाथि निजी सम्पत्तिमा अनाधिकृत प्रवेश गरेको आरोप पनि लगाइएको छ।
१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनमा दुई जनाको मृत्यु भएको र झण्डै २० जना प्रहरीको गोलीबाट घाइते भएका थिए।
सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया