तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ
समाधान संवाददाता
२०८१ चैत २४ गते १५:३८

पोखरा ।
काठमाडाैंकाे तीनकुनेमा राजावादी समूहद्वारा आयोजित हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । प्रहरीले उनलाई साेमबार नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीका अनुसार, पत्रकार सुरेश रजकको शव भेटिएको भवनबाट एनी कुँवर तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान थालिएको हो। पत्रकारको मृत्यु भएको र उस्तै समयमा उनी झर्दै गरेको देखिएकाले सोधपुछका लागि उनलाई ल्याइएको प्रहरीले बताएकाे छ ।
उनीमाथि निजी सम्पत्तिमा अनाधिकृत प्रवेश गरेको आरोप पनि लगाइएको छ।
१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनमा दुई जनाको मृत्यु भएको र झण्डै २० जना प्रहरीको गोलीबाट घाइते भएका थिए।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया