बुद्ध विशाल बजारको पात्रो

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले २०८२ सालको टेबल पात्रो विमोचन गरेको छ । पात्रो विमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशवबहादुर खत्रीले व्यावसायिक साथीहरूको हकहितका लागि आफू सदैव व्यवसायी साथीहरूको साथमा रहेको बताउँदै बुद्ध विशाल बजार अन्य व्यवसायिक मलहरूभन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मूल्यमा लिनका लागि ग्राहकहरूको पहिलो रोजाइमा परिरहेको बताए ।
कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक बुद्धिबहादुर कुँवरले संस्थालाई चलायमान बनाउनका लागि एसोसिएसनले यस्ता नियमित कार्यक्रमहरू गरिरहेको बताउँदै बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले गर्नुपर्ने हरेक कार्यक्रम समयमै गर्दै आइरहेको बताए । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष इन्द्रराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव राजु केसीले सञ्चालन गरेका थिए ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया