बेकोमा उपहार

पोखरा ।
अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्रान्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा विशेष उपहार योजना सार्वजनिक गरेको छ । बेकोका विभिन्न सामान किन्दा ४१ हजार ४ सयसम्म बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना ‘अनबक्स् ह्याप्पिनेश’ भन्ने नाराका साथ ल्याइएको हो ।
बेकोका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकले विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउन सक्ने छन् । आधुनिक प्रविधिको उत्कृष्ट गुणस्तरका सामानका साथै शत प्रतिशतसम्म पार्ट्स् उपलब्धता तथा सर्भिस् ग्यारेन्टी कम्पनीले दिएको छ ।
यस योजना अन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राइ आइरन, वासिङ मेसिनमा ६ केजी एरियल म्याटिक, एयर कन्डिसनरमा निःशुल्क जडान, डिसवासरमा २ प्याकेट डिसवासर किट तथा फ्रि स्टेंडिङ ओभनमा सि.जी. प्रेसर कुकर जित्ने अवसर छ ।
यो योजना चैत २४ देखि सीमित अवधिका लागि नेपालभर लागू गरिएको छ । सिजी इलेक्सको वेबसाईटमा गई पुराना सामानहरु एक्सचेन्जसमेत गर्न सकिने कम्पनीले जनाएको छ ।









कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया